रास्वपा सांसद न्यौपानेको प्रश्न : संसदको काम मानवअधिकार आयोगले कहिलेदेखि गर्न थाल्यो ?
annapurnapost.com · Sun May 31 09:50:56 GMT 2026

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद यज्ञमणि न्यौपानेले संसदको काम राष्ट्रिय मानवअधिकार आयोगले कहिलेदेखि गर्न थाल्यो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद न्यौपानेले क्षेत्राधिकार मिच्ने अधिकार कसैलाई नभएको बताएका छन् । संसदीय सुनुवाई बिना नै नियुक्ति पाउने सौभाग्य पाएका मानवअधिकार आयोगका अध्यक्ष र उपाध्यक्षले सरकारलाई ६ महिनासम्म कैद र एक लाख रुपैंयाँसम्म जरिवानाको चिठ्ठी पठाएको बताउँदै उनले प्रश्न गरे, ‘ससदको काम मानवअधिकार आयोगले कहिलेदेखि गर्न सुरु गर्यो ?’ सा.सद न्यौपानेले जेनजी आन्दोलनका सन्दर्भमा मानवअधिकार आयोगको प्रतिवेदन पेरिस सिद्धान्तको विपरित रहेको समेत बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)