रसुवाको बाढीः वीरमा ५ र ट्रमा सेन्टरमा १८ जना घाइतेको उपचार हुँदै
gorkhapatraonline.com · Thu Aug 27 10:06:44 GMT 2026

रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएकामध्ये उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये १८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र पाँच जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने क्रमसमेत जारी छ । घाइतेका आफन्तजन उपचाररत अस्पतालमा पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन् । यस क्रममा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आफन्तजनको घुइँचो लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)