रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन
nepalviews.com · Thu Aug 27 10:08:48 GMT 2026

काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न जिम्मेवारीसहित १२ वटा परिचालन टोली गठन गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न गठन गरिएका टोलीमा आपत्कालीन सञ्चार पुनःस्थापना, विद्युत् पुनःस्थापना तथा ब्याकअप पावर, खोज तथा उद्धार, आपत्कालीन स्वास्थ्य तथा मेडिकल प्रतिकार्य, शव व्यवस्थापन, अन्तर्राष्ट्रिय सहायता तथा दातृ समन्वय, यातायात तथा सडक सम्पर्क, शीघ्र क्षति तथा आवश्यकता मूल्यांकन, बेपत्ता व्यक्ति तथा परिवार सहायता, राहत तथा खाद्य–पानी आपूर्ति र विमानस्थल समन्वय टोली रहेका छन् । साथै उद्धार गरिएका बेपत्ता तथा मृतकको नाम सार्वजनिक गर्न छुट्टै टोली परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)