पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
ratopati.com · Wed Jul 15 15:54:13 GMT 2026

काठमाडाैँ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्राेलियम पदार्थकाे मूल्य स्थिर रहेकाे जानकारी दिएकाे हाे।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणाली लागू गर्दा मूल्य समायोजन हुन नसक्ने अवस्था रहेकाे भन्दै तत्काल उपभोक्तामाथि थप भार नपरोस् भन्ने उद्देश्यले हालको मूल्य कायम राखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)