अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिने
nepalnews.com · Wed Jul 15 15:58:52 GMT 2026
काठमाडौँ । सरकारले अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले अन्तरराष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्ने निर्णय गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले खेलाडीको सम्मान र प्रोत्साहनका लागि नगद पुरस्कारसहित सम्मान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो। सोही प्रस्तावका आधारमा सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी तथा खेलाडी टोलीलाई सम्मान गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)