अनुभव, इमान्दारी र परिवर्तनको एजेन्डासहित रास्वपाको केन्द्रीय सदस्यमा सुजित श्रेष्ठको उम्मेदवारी
kalakarmi.com · Wed Jun 24 06:16:21 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार सुजित कुमार श्रेष्ठ यतिबेला प्रतिनिधिहरूमाझ चर्चाको केन्द्रमा छन् । व्यवसाय, सामाजिक क्षेत्र र विभिन्न संघ–संस्थामा सफल नेतृत्वको पहिचान बनाएका श्रेष्ठले अब आफ्नो अनुभव र क्षमतालाई देश र जनताको हितमा प्रयोग गर्ने उद्देश्यसहित सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।
लामो समयदेखि विभिन्न व्यावसायिक, सामाजिक तथा सामुदायिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ सफल व्यवसायीका रूपमा परिचित छन् । नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्मको अनुभव हासिल गरेका उनले विभिन्न क्षेत्रका मानिसहरूसँग काम गर्दै नेतृत्व, व्यवस्थापन र परिणाममुखी कार्यशैलीको बलियो छवि निर्माण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)