पाँचखाल नगरपालिकाको कार्यक्रम : दलित परिवारमा जन्मने शिशुको बैंक खातामा एक लाख
onlinekhabar.com · Wed Jul 15 16:01:31 GMT 2026

३१ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको बुधबार सम्पन्न १९औँ नगरसभाबाट सामाजिक न्यायलाई केन्द्रमा राखेर दलित समुदायका नवजात शिशुका लागि दीर्घकालीन आर्थिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ ।
सदियौँदेखि दलित समुदायले भोग्दै आएको विभेदप्रति पाँचखाल नगरपालिकाको तर्फबाट सार्वजनिक रूपमा क्षमायाचना गर्दै विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलताको नीति अपनाउने र स्थानीय तहमानै पहिलोपटक ‘दलित नवजात आर्थिक सुरक्षा कार्यक्रम’ सार्वजनिक भएको पाँचखाल नगर प्रमुख महेश खरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)