सम्पत्ति छानबिन आयोग विरुद्धको मुद्दामा ४ ‘एमिकस क्युरी’ सिफारिस
kathmandupati.com · Wed Jul 15 16:06:41 GMT 2026

काठमाण्डु – सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोग विरुद्धको रिट निवेदनमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले २/२ जना एमिकस क्युरी (अदालतको सहयोगी) सिफारिस गरेको छ ।
नेपाल बार एसोसिएसनले पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई एमिकस क्युरीमा पठाउने निर्णय गरेको छ भने सर्वोच्च अदालत बार एसोसिएसनले पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल र अधिवक्ता रमण कर्णको नाम सिफारिस गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)