डोटीमा होटेलको कोठामा कञ्चनपुरका युवक मृत फेला
annapurnapost.com · Sat Jun 27 15:51:48 GMT 2026

डोटी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोलका ३५ वर्षीय सरोज थापा डोटीमा मृत अवस्थामा फेला परेका छन्। थापा डोटीको जोरायल गाउँपालिका–१ गैरास्थित रेनुका होटलको कोठा नम्बर २०४ मा शनिबार बिहान मृत भेटिएको जिल्ला प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार थापा सुतेकै अवस्थामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार कञ्चनपुरबाट चालकसहित १३ जना सवार रहेको सु–प–प्र०२–००१ ख १३२८ नम्बरको हाइसमा चढेर थापा डोटी घुम्न गएका थिए। राति करिब साढे ९ बजे उनीहरू गैरास्थित रेनुका होटल पुगेका जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)