पेट्रोल, डिजेलको मूल्य यथावत्
baahrakhari.com · Wed Jul 15 16:47:41 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले यस्तो जानकारी दिएको हो ।
निगमका अनुसार हाल पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १९४.५० रुपैयाँ, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै डिजेल/मट्टितेल क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२.५०, १९४ र १९५ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)