भोटेकोशी बाढीबाट उद्धार गरिएका २१ भारतीय तीर्थयात्री भारत फर्किए, जयशंकरले नेपाल र नेपाली सेनालाई दिए धन्यवाद
barnanmedia.com · Sat Aug 29 05:21:37 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ भारतीय तीर्थयात्री शुक्रबार भारत फर्किएका छन्। भारत पुगेका तीर्थयात्रीलाई विदेशमन्त्री एस. जयशंकरले स्वागत गर्दै उनीहरूको उद्धारमा सहयोग गरेको भन्दै नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन्।
तीर्थयात्रीसँग प्रत्यक्ष भेटेर उनीहरूले भोगेको अनुभव सुन्दा आफू भावुक भएको जयशंकरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत नेपालमा आएको बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ तीर्थयात्रीको समूहलाई स्वागत गरेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)