कर्णालीमा एमाले र माओवादीमा विवाद
ekantipur.com · Sun May 05 16:50:44 UTC 2024

सुर्खेत — कर्णालीमा मन्त्रिपरिषद् विस्तारसँगै एमाले र माओवादीमा आन्तरिक विवाद सुरु भएको छ । माओवादीमा यसअघिका मुख्यमन्त्री एवं माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र पूर्वमन्त्री बिन्दमान बिष्ट समूहबीच विवाद छ भने एमालेमा मुख्यमन्त्री यामलाल कँडेल र विनोद शाह समूहबीच विवाद बढेको छ ।
मुख्यमन्त्री कँडेल एमाले स्थायी समिति सदस्य हुन् भने शाह पूर्वप्रदेश अध्यक्ष । शाह अध्यक्ष केपी ओली निकट मानिन्छन् । उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रोजेका थिए । तर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिइएपछि शाहले शपथग्रहण बहिष्कार गरेका थिए । ‘अब उहाँलाई नै शपथ खुवाउन राजी बनाउने कि अर्को मन्त्री बनाउने भन्ने विषयमा मुख्यमन्त्रीज्यूले १/२ दिनभित्रै निर्णय लिनुहुनेछ,’ मुख्यमन्त्री निकट एक सांसदले भने, ‘तर उहाँ जतिसक्दो सहमतिकै पक्षमा हुनुहुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)