रश्मीको गोलमा नेपाललाई पहिलो हाफमा अग्रता
annapurnapost.com · Sun May 31 12:00:32 GMT 2026
काठमाडौं : साफ महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकासँगको खेलको पहिलो हाफमा रश्मीकुमारी घिसिङको गोलमार्फत नेपालले १–० को अग्रता लिएको छ । खेलको पहिलो हाफको थप गरिएको तेस्रो मिनेटमा रेखा पौडेलले दायाँबाट दिएको पासलाई रश्मीले डी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेकी हुन् ।
गोवाको जवारलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफमा निकै राम्रो मौकाहरु बनायो । खेलको चौंथो मिनेटमा मिना देउवाले राम्रो अवसर पाएकी थिइन् । त्यो कन्भर्ट हुन सकेन । १२ औं मिनेटमा नेपालका लागि रश्मीकुमारी घिसिङले वान बाई वानको स्थितिमा पनि गोल गर्न सकिनन् । डी बक्स बाहिरबाट रेनुका नगरकोटीले निकालेको उत्कृष्ट पासमा रश्मीले गोलकिपरलाई बिट गर्दै हानेको प्रहार पहिलो बारको निकै नजिकबाट बाहिरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)