ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
ratopati.com · Wed Jul 15 17:36:47 GMT 2026

नयाँ दिल्ली । भारतको सबैभन्दा ठुलो आणविक ऊर्जा केन्द्र कुडनकुलमसँग जोडिएका हजारौँ संवेदनशील दस्ताबेजहरू लिक भएका छन्। समाचार एजेन्सी रोयटर्स का अनुसार ह्याकर समूह ‘वर्ल्ड लिक्स’ ले डार्क वेबमा यी दस्ताबेजहरू अपलोड गरेको दाबी गरेको छ।
लिक भएका विवरणहरूमा आणविक प्लान्टका केही हिस्साका ब्लुप्रिन्ट, आपूर्तिकर्ताहरूको सूची, नियन्त्रण कक्ष र अन्य महत्त्वपूर्ण रेकर्डहरू सार्वजनिक गरिएका छन्। यो सर्भर गत मे महिनामा ह्याक भएको र जुनमा दस्ताबेजहरू लिक गरिएको दाबी बाहिर आए पनि यसको जानकारी भने भर्खरै मात्र सार्वजनिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)