वालेन्द्रको अभिव्यक्तिले राष्ट्रिय आत्मसम्मानमा चोट पुग्यो : तरुण दल
shilapatra.com · Sun May 31 12:20:00 GMT 2026

नेपाल तरुण दलले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष मनिष कोइरालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको संसद प्रस्तुतिलाई कमजोर र अप्रत्याशित भन्दै आलोचना गरिएको छ ।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आकस्मिक रूपमा सञ्चालन गरिएको थियो । तर, उक्त कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले आमनागरिकलाई आश्चर्यचकित बनाएको तरुण दलको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)