लेक लागेर एक जनाको मृत्यु
ratopati.com · Sun May 31 13:01:38 GMT 2026

सुर्खेत । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा पुगेका जाजरकोट नलगाड नगरपालिका–११ निवासी ४३ वर्षीय लोकबहादुर सिंहको मृत्यु भएको छ।
डोल्पो बुद्ध गाउँपालिका–३ धो–टास्कीको तीनजङ्खोला पाटनमा यार्सागुम्बा सङ्कलनका लागि पुगेका सिंह बिरामी भएपछि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा काइके गाउँपालिका–७ को लैनीमा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)