३५ लाखभन्दा धेरै परिवारले तिर्नुपर्छ बिजुलीमा ५ प्रतिशत भ्याट
clickmandu.com · Sun May 31 14:15:18 GMT 2026

काठमाडौं । सरकारले एकातिर भान्साबाट एलपी ग्यास विस्थापन गरी विद्युतीय चुल्हो प्रवर्द्धन गर्ने र आन्तरिक बिजुली खपत बढाउने नीति घोषणा गरेको छ । तर, अर्कोतिर आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेर उपभोक्तालाई निरुत्साहित गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्मा प्रस्तुत गरेको बजेटमा मासिक ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेका छन् । हाल १३ प्रतिशतको एकल दरलाई ‘बहुदर’ मा लैजाने नीतिअन्तर्गत बिजुलीमा यो कर थोपरिएको हो, जुन तुरुन्तै कार्यान्वयनमा आउने बजेटमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)