प्रतिनिधिसभा बैठक किन भयो स्थगित?
rajdhanidaily.com · Wed Jun 24 09:50:17 GMT 2026

काठमाडौं । बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । बुधबार संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित भएको जानकारी गराएको हो ।
बिहीबार बिहान ११ बजे बस्नेगरी तय भएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख डोल प्रसाद अर्यालले असार १२ गते शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरेको संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)