परराष्ट्रमन्त्री खनाल भोलि भारत भ्रमणमा जाने
nepalviews.com · Thu Jun 04 11:01:48 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाले भोलि (शुक्रबार) तीनदिने भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल तीनदिने औपचारिक भारत भ्रमणमा जाने जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार भारत भ्रमणमा रहँदा मन्त्री खनालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् । मन्त्रालयले द्विपक्षी हित, पिपुल टु पिपल सम्बन्ध, सहयोग वृद्धिलगायतका विषयमा छलफल हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)