राष्ट्रहितविपरीत प्रधानमन्त्री
nepalnews.com · Sun May 31 14:54:04 GMT 2026

संसद्मा नबोलेको भन्दै विपक्षी दलहरूले चर्को आलोचना गरेपछि पहिलो पटक प्रतिनिधिसभा बैठकमा बोलेका प्रधानमन्त्री वालेन्द्र शाह विवादमा तानिएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि भारततर्फको भूभाग मिचेको अभिव्यक्ति दिएका थिए।
“एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ– नेपालको जग्गा भारतले मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खरै थाहा पाएँ,” प्रधानमन्त्री शाहले संसद्मा भने, “हामीले पनि मिचेका छौँ र उहाँहरूले पनि मिच्नुभएको छ। हामी बसेर साथीका रूपमा समाधान गर्ने सोच राखेका छौँ।” १७ जेठको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिने भन्दै सांसदहरूसँग प्रश्न माग गरेका थिए। शाहको अभिव्यक्तिको विपक्षी सांसदहरूले तत्कालै प्रतिवाद गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)