रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
gorkhapatraonline.com · Sat Jun 06 06:35:50 GMT 2026

रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा ड्रोन खसालेको दाबी गरेको छ, जहाँ मस्कोले आफ्नो प्रमुख आर्थिक मञ्च सञ्चालन गरिरहेको छ । क्षेत्रीय गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले शनिबार टेलिग्राममार्फत जानकारी दिँदै २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) खसालिएको र सैन्य कारबाही जारी रहेको बताएका छन् ।
यसैबिच, बुधबार युक्रेनी ड्रोनले सेन्ट पिटर्सबर्गस्थित एक तेल प्रशोधन केन्द्र र सैन्य अड्डालाई निशाना बनाएका थिए । उक्त घटना ‘रूसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु भएको पहिलो दिनभएको हो । राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधन भएको एक दिनपछि सुरु भएको उक्त आर्थिक मञ्च शनिबार सम्पन्न हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)