इरानी विदेशमन्त्री अराची र हमास अधिकारीबिच भेटवार्ता
gorkhapatraonline.com · Wed Jun 24 11:01:15 GMT 2026

इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्त राज्य अमेरिकाबिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले बुधबार जनाएको छ ।
अब्बास अराघचीले हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमसँग यस क्षेत्रको पछिल्लो घटनाक्रमबारेमा छलफल गरेको इरानी टेलिभिजनले जनाएको हो । मध्यपूर्वमा व्याप्त शत्रुता अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबिच गत हप्ता समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)