स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
ratopati.com · Wed Jul 15 21:30:19 GMT 2026

काठमाडौँ । दुई थान चोरीको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २१ वर्षीय आकाश तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)