भक्तपुरले ल्यायो दुई अर्ब ५५ करोडको बजेट
annapurnapost.com · Wed Jun 24 11:43:44 GMT 2026

भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आयव्यय बजेट प्रस्तुत गरेको छ । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आ.व. २०८३।८४ को लागि २ अर्ब ५५ करोडको बजेट प्रस्तुत गरिएको हो ।
विनियोजित बजेटको चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पूँजिगततर्फ ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरेको छ । बजेट वक्तव्यमा नगरवासी जनताहरुको भावना बमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि कुल बजेटको २२.०६ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ४० हजार विनियोजत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)