रेडक्रस सोसाइटीको सदस्यता शुल्क परिमार्जन, युवालाई फ्री
nepalpress.com · Wed Jun 24 11:51:24 GMT 2026

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थाको विभिन्न श्रेणीका सदस्यताका लागि नयाँ शुल्क निर्धारण गरेको छ । केन्द्रीय तदर्थ समितिको यही असार ५ गते बसेको बैठकले सदस्यता शुल्कमा परिमार्जन गर्ने निर्णय गरेको हो ।
महामन्त्री ऋषिरमण खनालद्वारा जारी परिपत्र अनुसार अबदेखि ५ वर्षे अवधिको साधारण सदस्यता प्राप्त गर्न जम्मा २७५ रूपैयाँ तिरे पुग्छ । यसमा २५ रुपैयाँ प्रवेश शुल्क र २५० रुपैयाँ सदस्यता शुल्क निर्धारण गरिएको छ । त्यस्तै, आजीवन सदस्यताका लागि १ हजार २५ रूपैयाँ शुल्क तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)