आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एकमात्र’ ग्यारेन्टी: रूस
makalukhabar.com · Wed Jun 24 12:02:01 GMT 2026

एजे्रन्सी । रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका रूपमा व्याख्या गरेको छ । विश्वव्यापी सुरक्षा संरचना कमजोर बन्दै गएको तथा नयाँ बहुराष्ट्रिय हतियार प्रतिस्पर्धाको चिन्ता बढिरहेका बेला क्रेमलिनले यस्तो धारणा सार्वजनिक गरेको हो ।
रूस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यू स्टार्ट’गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई प्रमुख आणविक शक्तिमाथिका प्रतिबन्ध हटेका छन् । दुवै देशले उच्चस्तरीय सैन्य वार्ता पुनः सञ्चालन गर्ने सहमति जनाए पनि उक्त सन्धिको नवीकरण वा प्रतिस्थापनका विषयमा हालसम्म कुनै ठोस प्रगति भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)