हल गोरु पाल्ने बाजुराका १ सय ५६ कृषकले पाए प्रोत्साहन रकम
kendrabindu.com · Sat Aug 29 05:55:47 GMT 2026

बाजुरा । हल गोरु पाल्ने बाजुराका १ सय ५६ जना कृषकले प्रोत्साहन स्वरुप पाँच हजार पाएका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअनुसार छनौट भएका हल गोरु पालन गर्ने प्रतिकृषक पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।
प्रोत्साहन स्वरुप रकम पाउने कृषकहरुमा स्वामीकार्तिक खापर गाउँपालिकामा ३७, बडीमालिका नगरपालिकामा ३३, गौमुलमा ३२, बुढीनन्दा नगरपालिकामा १४, खप्तड छेडेदहमा १४, जगन्नाथमा ११, हिमाली गाउँपालिकामा ७, त्रिवेणीमा ४ र बुढीगंगा नगरपालिकामा ३ जना छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)