रसुवाको बाढीले बगाएको सेफ तोडेर ९२ लाख नगद लैजाने २९ जना प्रहरीकाे नियन्त्रणमा
annapurnapost.com · Sat Aug 29 05:57:07 GMT 2026

धादिङ : धादिङ प्रहरीले रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद लगेको आरोपमा २९ जनालाई नियन्त्रणमा लिएको छ।
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीले बगाएको सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा भेटिएको थियो। उक्त सेफभित्र रहेको रकम स्थानीयले आफूखुसी निकालेर लगेको खबर भदौ १२ गते पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले अनुसन्धान सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)