परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण रद्द
ratopati.com · Sat Aug 29 06:06:50 GMT 2026

काठमाडौँ । रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमणमा जाने कार्यक्रम रद्द गरेका छन् । मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सर्बिया जाने कार्यक्रम तय भएको थियो ।
सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरण सभामा सहभागी हुन आइतबार त्यता जाने कार्यक्रम थियो । बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) उक्त उच्चस्तरीय स्मरण सभा आयोजना हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)