बट्टारको आकाश चियाइरहेका हजारौँ भावविह्वल आँखा
ratopati.com · Sat Aug 29 06:05:26 GMT 2026

नुवाकोट । जसै उत्तर रसुवातर्फको आकाशबाट हेलिकप्टरको परिचित आवाज कानमा गुञ्जिन्छ, श्री नम्बर १ सैन्य तालिम केन्द्र (बट्टार) को सडक किनारमा रहेका मानिसको भिडमा एक किसिमको हलचल मच्चिन्छ।
निराश र थकित अनुहारहरूमा अचानक आशाको सानो झिल्को बल्छ। सडक किनारमा छरिएका मानिसहरू एकैपटक सैन्य तालिम केन्द्रको पर्खाल र गेटतिर सोहोरिन्छन्। सबैका आँखा आकाशतिरै टक्क अडिन्छन्- कतै यो हेलिकप्टरले मेरा आफन्तलाई पो ल्याएको छ कि?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)