पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा बालकको मृत्यु
baahrakhari.com · Thu Jul 16 00:50:58 GMT 2026

काठमाडौं । प्युठानमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा एक बालकको मृत्यु भएको छ । अर्का एक बालक घाइते भएका छन् ।
प्युठानको नौबहिनी गाउँपालिका–५ डामृस्थित रोकी राखेको भे २ त २०१९ नम्बरको ट्याक्टरमा बुधबार खेलिरहेका बेला ट्याक्टर एक्कासि ब्याक भई करिब ४०० मिटर तल खस्दा स्थानीय गंगा घर्ती मगरका सात वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । सोही स्थानका रिमबहादुर बुढाका सात वर्षीय छोरा पारस बुढा घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)