देशभर मनसुनी वायुको प्रभाव: आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना
nepalviews.com · Thu Jul 16 00:54:52 GMT 2026

काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभावका कारण आज धेरै स्थानमा वर्षा हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली भूभाग, तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)