देशभर हल्कादेखि मध्यम वर्षा, केही प्रदेशमा ठूलो पानी पर्ने
lokaantar.com

देशभर मनसुनी वायुको प्रभाव रहँदा गएराति मुलुकका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य क्षेत्रको तुलनामा पूर्व र मध्य भेगमा बढी पानी परेको हो ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक र पूर्वमा सरदर स्थान आसपास छ ।