पानीको बहाव बढेसँगै सप्तकोशीका २१ ढोका खुला
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
इनरुवा । बर्सात् शुरू भएसँगै सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ ।
कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)