पच्चीस जनाको ज्यान लिइसकेको हिंश्रक हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेर छाडियो
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हिंश्रक हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको हो । रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जिपिएस ट्र्याकिङमार्फत गतिविधि निगरानी गर्न सकिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)