‘गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो’ : डा. गोविन्द टन्डन
kalakarmi.com · Sat Aug 29 06:15:17 GMT 2026

काठमाडौं- संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा प्रारम्भ भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् । गोपालराज वंशावलीमा नेपाल संवत् ५०३-५०४ मै गाईजात्रा (सायात) को उल्लेख पाइने भएकाले यो परम्परा प्रताप मल्लभन्दा धेरै अघिदेखि नै प्रचलनमा रहेको उनले बताए ।
गाईजात्राका सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षबारे टन्डनले नेपालमा चन्द्रमाको गतिअनुसार चल्ने चान्द्रायण पञ्चाङ्गका कारण चाडपर्वहरू प्रकृति र जनजीवनसँग लयबद्ध रूपमा जोडिएको बताए । उनका अनुसार भारतले ब्रिटिश शासनपछि क्रमशः सौर्य पात्रोलाई प्राथमिकता दिँदा तिथि–केन्द्रित अभ्यास कमजोर बन्दै गयो । नेपालमा भने तिथिअनुसार चाडपर्व मनाउने परम्परा अझै निरन्तर रहेको उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)