एक महिनामा बङ्गलादेशमा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
ढाका । बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग दुर्घटनामा परी ५१३ जनाको मृत्यु भएको छ भने एक हजार ३३६ जना घाइते भएका छन् ।
मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, उक्त अवधिमा देशभर कुल ५९० वटा दुर्घटना भएका थिए । यात्रु कल्याण संस्था ‘बङ्गलादेश यात्री कल्याण समिति’का अनुसार जुन महिनामा भएका ५३२ वटा सडक दुर्घटनामा ४६३ जनाको मृत्यु र एक हजार ३२३ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)