जहाँ मेसी हुन्छन्, त्यहाँ असम्भव पनि सम्भव हुन्छ !
lokaantar.com
चार वर्षअघि कतारको आकाशमा सुनौलो ट्रफी उचाल्दा लागेको थियो– ३५ वर्षका लियोनल मेसीको विश्वकप कथाले पूर्णता पायो। उनको त्यो अन्तिम विश्वकप खेल भनिएको थियो र धेरैका लागि उनी सर्वकालीन महान् खेलाडीका रूपमा स्थापित भइसकेका थिए । त्यसको पनि चार वर्षअघि, अर्थात् सन् २०१८ मा ३१ वर्षको उमेरमा पराजित हुँदा धेरैले सोचेका थिए– मेसीको विश्वकप यात्रा उपाधिविहीन नै टुंगियो।
तर, फुटबलको यो जादुगरका अगाडि उमेर केवल एउटा फगत नम्बर मात्रै साबित भएको छ। ३९ वर्षको परिपक्व उमेरमा पनि मेसीले मैदानमा यस्तो तहल्का मच्चाएका छन्, जसले इंग्ल्याण्डलाई स्तब्ध पार्दै अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)