संकटमा कर्णाली प्रदेश सरकार, अन्योलमा सत्ता समीकरण
kendrabindu.com · Thu Jul 16 01:53:20 GMT 2026

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बुधबार बिहान ९ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका थिए। कांग्रेसबाट सहभागी मन्त्रीहरूले बिहान ८:१५ सामूहिक राजीनामा दिए। मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री कँडेल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह मात्र सहभागी भए।
कांग्रेसका तर्फबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले बुधबार राजीनामा दिएका हुन्। कांग्रेसले अब आफैं नेतृत्व लिने वा नयाँ मन्त्री पठाउने भन्नेबारे केही निर्णय गरेको छैन। ‘पूर्वसहमतिअनुसार त सरकारको नेतृत्व अब कांग्रेसले लिनुपर्ने हो अथवा त्यो नभए नयाँ मन्त्रीहरू नियुक्त होलान्,’ कांग्रेस प्रमुख सचेतक हिक्मतबहादुर विष्टले भने, ‘यो निर्णय यहाँभन्दा पनि पार्टीको केन्द्रबाटै आउला तर तत्कालै अरू गठबन्धन नहोला।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)