प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ : डा शेरबहादुर पुन
nagariknews.nagariknetwork.com · Sat Aug 29 06:18:17 GMT 2026

चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। अब विस्तारै मृत्यु भएका मानिस तथा जनवारको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैलाउन सक्ने भन्दै सतर्क रहन चिकित्सहरूले सबैलाई आग्रह गरेका हुन्।
सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बाढीपछि समय बित्दै जाँदा दूषित पानी, असुरक्षित खानपान, फोहरमैला तथा लामखुट्टेको वृद्धि हुने हुँदा सोही कारण विभिन्न प्रकारका सङ्क्रमण फैलिन सक्ने भन्दै उनले यसतर्फ सबै सचेत बन्नुपर्नेमा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)