कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
nepalviews.com · Thu Jul 16 02:27:57 GMT 2026

गलकोट । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा बुधबार रातिदेखि आवतजावत अवरुद्ध भएको छ ।
जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो । सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)