गोठ भत्किँदा स्याङ्जामा ६५ वर्षीय वृद्धको मृत्यु
annapurnapost.com · Thu Jul 16 02:46:22 GMT 2026

स्याङ्जा : गल्याङ नगरपालिका–६ स्थित पिँडीखोलामा गोठ भत्किँदा ६५ वर्षीय धनबहादुर राना मगरको मृत्यु भएको छ।
बिहीबार बिहानै गोठमा रहेका भैँसी र चौपायालाई दानापानी एवं कुँडो खुवाउँदै गरेका मगरको अचानक गोठ भत्किँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)