'रमेश प्रसाईंजी, अचाक्ली भाडाको कारण घरबेटी कि करबेटी’ ?
shilapatra.com · Thu Jul 16 02:47:03 GMT 2026

सुकुम्बासीमाथि गरिएको अमानवीय हर्कतको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईं बोलेनन् । सुकुम्बासीका बालबालिकाको आँखाबाट अश्रुधारा बगेकोमा पनि उनी बोलेनन् । तर, सुकुम्बासीभन्दा आर्थिक रूपमा एक तहमाथिका डेरावालका बारेमा भने मंगलबार प्रसाईं जोडले बोले ।
सायद आफू र आफ्नालाई डेरा खोज्दाको सास्ती र महँगीले उनले त्यस्तो बोलेका हुन सक्छन् । उनी संसदमा भन्दै थिए, ‘अनि भाडा यत्रो कोठाको आठ हजार, नौ हजार, दश हजार, कुन मापदण्डमा टेकेर कसरी निर्धारण गरिन्छ, सभामुख महोदय ? घरबेटीको इच्छाबाहेक अर्को मापदण्ड छैन । भएको पनि लागू भएको छैन । यो सामान्य विषय होइन, सम्माननीय सभामुख महोदय । दूरदराजबाट आएर घरबाट खर्च मगाएर पढ्ने विद्यार्थी दैनिक ज्यालादारी गर्ने मजदुर निम्न वर्गीय प्रत्यक्ष दैनिक सरोकार भएको विषय हो । अनि सरकार बहाल करचाहिँ उठाउने, बहालमा बस्नेहरूलाई बेवास्ता गर्ने ?’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)