ईयू र युक्रेनबीच ड्रोन सम्झौता भएलगत्तै युक्रेनमाथि रुसी मिसाइल प्रहार
baahrakhari.com · Thu Jul 16 02:53:00 GMT 2026

काठमाडौं । युरोपेली संघ (ईयू) र युक्रेनबीच नयाँ ड्रोन सहकार्य सम्झौता घोषणा भएको केही घण्टामै रुसले युक्रेनको राजधानी किभमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार ब्यालिस्टिक मिसाइल प्रहार भएको छ ।
किभका मेयर भिटाली क्लिट्सकोले बिहीबार बिहान टेलिग्राममार्फत सभ्यातोशिनस्की जिल्लास्थित एक गोदाम र डार्निट्स्की जिल्लाको एक गैरआवासीय भवनमा मिसाइल प्रहार भएको र राजधानीका विभिन्न स्थानमा लागेको आगो निभाउन आपत्कालीन उद्धार टोली परिचालन गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)