‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’
barnanmedia.com · Sat Aug 29 06:22:13 GMT 2026

चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । अब विस्तारै मृत्यु भएका मानिस तथा जनवारको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैलाउन सक्ने भन्दै सतर्क रहन चिकित्सहरूले सबैलाई आग्रह गरेका हुन् ।
सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । बाढीपछि समय बित्दै जाँदा दूषित पानी, असुरक्षित खानपान, फोहरमैला तथा लामखुट्टेको वृद्धि हुने हुँदा सोही कारण विभिन्न प्रकारका सङ्क्रमण फैलिन सक्ने भन्दै उहाँले यसतर्फ सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)