स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ
canadanepal.com · Thu Jul 16 03:17:00 GMT 2026

डोल्पा - डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडक खण्डमा गरिएको संयुक्त सुरक्षा चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ११ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म मुख्यालय डोल्पाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १० जनाको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त रकम बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)