काठमाडौंसहित यी ३४ जिल्लामा आज आकस्मिक बाढीको जोखिम
baahrakhari.com · Thu Jul 16 03:24:36 GMT 2026

काठमाडौं । देशका केही जिल्लामा आज (असार ३२) पनि आकस्मिक बाढीको जोखिम छ । पूर्वको ताप्लेजुङदेखि लुम्बिनी प्रदेशसम्मका कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन काठमाडौं उपत्यकासहितका ३४ जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको पूर्वानुमान छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)