नागरिकमारा नियम
nepalnews.com · Thu Jul 16 04:15:35 GMT 2026

२५ असारमा मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीले काठमाडौँ त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मोटरसाइकल रोकेका मात्रै थिए। काठमाडौँ महानगरपालिकाकी महिला नगर प्रहरीले नरोक्न भनेपछि केहीबेर दुवैबीच भनाभन भयो। यत्तिकैमा नगर प्रहरीले गणेशको मोटरसाइकलमा ‘ह्विल लक’ लगाइदिए। मोटरसाइकलबाट ‘राइड सेयरिङ’ को काम गरेर श्रीमती र एक छोरीलाई लालनपोषण गर्दै आएका नेपालीले छाडिदिन भने तर महानगर प्रहरीले मानेनन्। विवाद बढ्दै जाँदा आवेगमा आएका उनले शरीरमा पेट्रोल खन्याएर आफ्नो प्राण लिए।
गत वर्षको जेन-जी आन्दोलनमा सहभागी गणेशले देशमा परिवर्तन हुने र आफू जस्ता युवाका लागि सहज अवस्था आउने आशा बोकेका थिए। उनी वैदेशिक रोजगारीका लागि दुबई जाने प्रयासमा थिए। आर्थिक, पारिवारिक र मानसिक दबाबबीच एउटा ‘ह्विल लक’को घटनाले उनलाई जीवन अन्त्य गर्ने निर्णयसम्म पुर्यायो। महानगरले तिराउन खोजेको जरिवाना एक हजार रुपैयाँ थियो। तर, सरकारले यस्ता जरिवाना झन् बढाउने तयारी गरिरहेको चर्चाले पनि उनी जस्ता दैनिक आम्दानीमा निर्भर युवामा थप असहजता सिर्जना गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
यातायात व्यवस्था विभाग