धनगढीमा गौरा महोत्सव हुने
ratopati.com · Sun Aug 18 17:45:00 UTC 2024

कैलाली । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सव हुने भएको छ । धनगढी उपमहानगरपालिका–१ स्थित खुला मञ्चमा यही भदौ ८, ९ र १० गते नवौँ संस्करणको गौरा महोत्सव आयोजना गर्न लागिएको प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले जानकारी दिए । हरेक वर्ष गौरा पर्वको महत्व झल्किने गरी आयोजना हुँदै आएको गौरा महोत्सव यस वर्ष पृथक तरिकाले आयोजना गरिने उनले बताए ।
महोत्सवमा झाँकी प्रदर्शनी, बाल प्रतिभा प्रर्दशनीलगायत परम्परागत संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरिने देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले जानकारी दिए । यस वर्षबाट महोत्सवमा विद्यालयस्तरीय देउडा प्रतियोगिता पनि समावेश गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)