इँटा उद्योगले छाडेको खाल्डोमा डुबेर बालिकाको मृत्यु
barnanmedia.com · Thu Jul 16 04:49:59 GMT 2026

बाराको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो खनेर छाडेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ५ बजे करैयामाई गाउँपालिका–३ गालोपट्टी निवासी शिवनारायण चौधरीकी ११ वर्षीया छोरी रोशनी चौधरी बाख्रा चराउन गएका बेला गौतम इँटा उद्योग परिसरनजिक रहेको पानी जमेको खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)